उदयपुर ।
उदयपुरको त्रियुगा खोलामा डुवेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका–७ मा बस्दै आएका गौरबहादुर मगरको ५ बर्षीय छोरा निस्पल मगर रहेका छन् ।
हिजो साँझ ६ बजे खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुवेरको अवस्थामा आमाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगेकी थिइन् ।
उपचारको क्रममा मगरको मृत्यु भएको हो । घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।