सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरका प्रत्येक वडाका कृषकले सिंचाईका लागि आकाशे पानीको भर पर्नु पर्ने बाध्यता अन्त्यको लागि बोरिङका लागि मोटर वितरण गरेको बताएका छन् ।
उनले कृषक तथा किसानले आकाशे पानीको मात्र भर पर्दा सोचे जस्तो कृषीमा उन्नती गर्न नसकेको बताउँदै त्यसको न्युनिकरणका लागि नगरले योजना बनाएरै अघि बढीरहेको बताएका छन् ।
प्रमुख पोखरेलले यसबर्ष र आगामी बर्षदेखि सिंचाईको समस्या नगरका कृषकले भोग्नु नपर्ने बताएका छन् । ‘कनकाई नगरपालिका कृषिलाई बढाउन आक्रमण तरिकाले अघि बढिरहेको छ’ नगर प्रमुख पोखरेलले भने ‘ कृषी पेशालाई बढाउन नगर लागिपरेको छ ।’
उनले निर्वाचनमा प्रतिवद्धता गरेका विकासका पूर्वाधार निर्माण, शिक्षा, बिद्युत विस्तारलगायतका सवै कार्य पूरा गरेको बताए । उनले नगर कृषिमा केन्द्रीत भएर कृषकको समस्या र त्यसको समाधानको उपाय खोज्दै कृषिलाई प्राथमिकतामा राखेर अघि बढेको उनको भनाई छ ।
नगरले बिहीवार(आज) आयोजना गरेको साझेदारी कृषि तथा पशुपालन उद्यमशीलता परियोजना सिंचाई मोटर वितरण कार्यक्रममा नगर प्रमुख पाखरेलले प्रत्येक वडाका कृषकलाई मोटर वितरण गरिने बताएका हुन् ।
झापाको कनकाई नगरपालिकाले प्रत्येक वडामा कृषकलाई कृषि सिंचाईका लागि आवश्यक गर्ने बोरिङ गर्न मोटर वितरण गरेको छ ।
नगरको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा अभियान नेपालको सहजीकरणमा कृषकलाई ९४ वटा सिंचाईका लागि मोटर वितरण गरिएको हो ।
नगरले वडा नं. १, २, ३, ६, ७, ८ र ९ का कृषकलाई ९ वटाका दरले सिंचाईका लागि मोटर वितरण गर्ने जनाइएको छ भने क्षेत्रका आधारमा वडा नं. ४ लाई १३ र वडा नं. ५ लाई १५ सहित बिद्यालयलाई गरी ९४ वटा मोटर वितरण गर्ने जनाईको छ । कृषकलाई २ एचपी क्षमता भएको १७ हजार ८ सय ३४ रुपैयाँ ३५ पैसा मूल्य बराबरको मोटर वितरण गरिएको कार्यक्रम संयोजक हरि सिलवालले बताए ।
गत बर्ष पनि नगरका प्रत्येक वडाका कृषकलाई १० वटाका दरले मोटर वितरण गरिएको वडा नं. १ का पशु प्राविधिक रमेश घिमिरेले बताए । उनका अनुसार कृषकलाई बाख्राका पाठा, निःशुल्क तरकाीको विउ, स्प्रे ट्याङ्की च्याप कटर मेशीनलगायतका सामाग्री वितरण गरेको छ ।
चाँडै नगरले मकै, छोडाउने, मकै रोप्ने र मकै गोड्ने मेशीन वितरण गर्ने तथा दूध बोक्ने ४० वटा ट्याङ्की वितरण गर्ने पशु प्राविधिक घिमिरेले जानकारी दिए ।
नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएका कार्यक्रममा नगर उपप्रमुख मञ्जु प्रसाई, वडा नं. ८ का अध्यक्ष प्रेम कटुवाल, ९ का वडाअध्यक्ष प्रेम राजवंशी, कार्यपालिका सदस्य सुनिता खरेल सिग्देल, वडा नं. ४ का सदस्य रोशन सुवेदी, वडा नं. ४ का सदस्य छवि थपलिया, प्राविधिक संयोजक जीवन सुवेदीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सामुदायिक सहजकर्ता चन्दा सिटौलाले गरेकी थिइन् ।