सुनसरी ।
सप्तकोशी नदीमा हाम फालेका बिराटनगर महानगरपालिका–८ का ६८ बर्षीय बुनई यादवको जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ ।
बुधवार राती सवा ८ बजेको समयमा एक जना ब्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी कोशी ब्यारेजको प्रहरी टोलीले यादवको जिवितै उद्धार गरेको हो ।
घटनाका बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।