उदयपुर ।
उदयपुरको लिम्चुम्बुङ गाउँपालिका–३ मा बुधवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
लिम्चुम्बुङ ३ को सडक खण्डमा गिट्टी लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३०० मिटर तल खसेर थियो ।
दुर्घटना हुँदा घाईते भएका चालक मकवानपुर हेटौडाका २८ बर्षीय राजेन्द्र प्रजाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।