सुरुङ्गा ।
झापाका यातायात प्रालि अध्यक्षहरुको सुरुङ्गा भेलाले झापा सयुक्त यातायात व्यावस्थापन समिति गठन गरेको छ । मेची यातायात एण्ड अटो प्रालिको प्र्रधान कार्यालय सुरुङ्गामा बसेको भेलाले अध्यक्षमा पूर्वी वस व्यावसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको सयोजकत्वमा गठित समितिको सहसंयोजकमा मेची यातायात एण्ड अटो प्रालिका केशवबहादुर थापा सचिवमा पूर्वी हिमाल यातायात प्रालिका अध्यक्ष हेमराज दाहाल रहेका छन् । सदस्यहरुमा झापामा क्रियाशील सबै यातायात प्रालिका अध्यक्षहरुलाई राखिएको यातायात व्यावसायी रमेश शिवाकोटीले बताए ।
सयुक्त यातायात व्यावस्थापन समितिले यस क्षेत्रमा गुडने दिवा तथा यात्रीवाहक वसहरुमा भाडामा एकरुपता कायम गर्ने, यात्रु तानातानको विकृतिलाई अन्त्य गर्दै यात्रुलाई हुने सास्तीको अन्त्य गरिने तथा सबै क्षेत्रमा राखिएका जथाभावी बुकिङ्ग काउण्टरलाई हटाइने र आधिकारिक काउण्टरबाट मात्रै टिकट काट्ने प्रबन्ध मिलाइने बताए ।
यसका लागि जिल्ला प्र्रशासनसँग समेत समन्वय गरिने समितिका सहसंयोजक थापाले बताए । व्यावस्थापन समितिको गठनपछि यात्रुलाई समयको समेत एकरुपता हुने विश्वास थापाले गरे ।
रातो प्लेटका निजि सवारी साधनले यात्रु वोक्न नपाउने तथा हायस गाडीले राती मान्छे बोक्न नपाउने नियम रहँदा रहदै नियम विपरित कार्य हुदै आएकोमा अव यातायात व्यावसायीको पहलमा क्रमश आन्दोलन गर्दै यसका लागि उचित नियगमन गर्नका लागि पहल गर्ने निर्णय पनि भेलाले गरेको छ ।