इलाम ।
रमाईलो सेवा समुहले दोस्रो बार्षिकोत्सवका अवसरमा ईलामको गोदकको माई भगवती बृद्धआश्रमका बृद्धबृद्धालाई खाद्यन्न वितरण गरेको छ ।
समुहले सहयोगी मनहरुबाट संकलित आर्थिक सहयोगबाट बृद्धआश्रमका १९ जना बृद्धबृद्धालाई फलफूल, खाद्यन्न तथा नगद बितरण प्रदान गरेको हो ।
कार्यक्रममा समुहका पदाधिकारी तथा सक्रिय सदस्यहरुको उपस्थित रहेको थियो । समुहका सल्लाहकार संयोजक तथा समुहका एडमिन कृष्ण घिमिरले कार्यक्रमको औचित्य र उदेश्यमाथि प्रकाश पारेका थिए । टिङ्कु भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कार्य समिति कोषाअध्यक्ष समुहकी एडमिन आर्जु शर्मा, सक्रिय सदस्य अञ्जली खतिवडा, सुरेन प्रधान, अम्बिका कटुवाल कार्की, सीला आचार्य, गीता आचार्य, रेश्मा मगर, प्रकाश घिमिरे, सचिन कर्माचार्य, सीता दाहाल, सुरेन प्रधानलगायतको उपस्थिति रहेको थियो ।
समितिले आगामी दिनमा पनि हातेमालो गर्दै दिन दुःखी तथा असहायहरुको सेवा गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।