झापा । 

झापाको मेचिनगर नगरपालिका–१० बाट लागुऔषधसहित आमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि स्थानकी ४५ बर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन् ।

ईलाका प्रहरी  कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा,  डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैया र बिभिन्न कम्पनीका मोवाइल ९ थान  बरामद गरेको हो ।

प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका आमा छोराको  इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।