बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले मंगलबार दुई वटा धार्मिक विद्यालयका विद्यार्थीहरुलाई कपडा वितरण गरेको छ । नगरपालिकाले बिर्तामोड २ मा रहेको साङ्गवेद विद्याआश्रमका ३१ जना र बिर्तामोड ६ मा रहेको हरिहर अश्रमका २९ जना विद्यार्थीहरुलाई कमिज सुरुवाल वितरण गरेको हो ।
विद्यार्थीलाई संक्षिप्त कार्यक्रमका विच नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले कपडा वितरण गरेका हुन् । कपडा वितरण कार्यक्रममा बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शिक्षा शाखा अधिकृत केशर खवासलगायत विद्याआश्रम व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बिर्तामोड नगरपालिकाले यसअघि १७ वटा सामुदायिक विद्यालयका तीन हजार ४ सय ६१ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिसकेको छ । आर्थीक अवस्था कमजोर भएका विद्यार्थीहरुको लागि नगरपालिकाले पोशाक वितरण गर्दै आएको हो ।