सुनसरी ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले एक जना बैंकिङ कसुर मुद्दाका फरार ब्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरीनगरा गाउँपालिका–१ का ३६ बर्षीय शम्सेर आलम रहेका छन् । आलमलाई उच्च अदालत मोरङको २०७५ फाल्गुन २७ गते भएको बैंकिङ कसुर मुद्दा अन्तर्गत फैसला अनुसार ३ महिना कैद र ७१ लाख ९० हजार रुपैंया जरीवाना तोकेपछि फरार रहेका थिए ।
आलमलाई पक्राउपछि अदालतमा उपस्थित गराउँदा जरिवाना बापतको रकम व्यहोर्न नसकि अदालतको आदेश अनुसार थुनामा राख्न झुम्का कारागार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।