इलाम । 

इलामको रोङ गाउँपालिका–४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडीसहित चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

मंगलबार (आज) साढे सात बजे प्रहरी चौकी किटेनी चेकिङको  प्रहरी टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २००० किलोग्राम (४० बोरा)  हार्ड छुर्पी बरामद गरेको हो ।

अवैध छुर्पी बरामद भएसँगै उक्त छुर्पी, गाडी र चालक इलाम सुर्योदय नगरपालिका–२ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।