बिराटनगर ।
मोरङको लेटाङ नगरपालिका–५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी, सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले स्थल गत अनुगमन तथा जानकारी लिनु भएको हो ।
उक्त बिद्यालयमा अध्ययनरत छात्रालाई सोही बिद्यालयका शिक्षकले दुर्व्यवहार गरेको बिषयमा वाद विबाद हुँदा बिद्यार्थी तथा बिधार्थीका अभिभावक अन्दाजि ४/५ सय जनाको संख्याले बिद्यालयमा तोडफोड गरेकोमा प्रहरीले भिड तितर बितर गर्ने क्रममा घाईते भएकि प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।
मोरङको लेटाङमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवानको श्रद्धाञ्जली अर्पण
बिराटनगर ।
मोरङको बिराटनगर–७ स्थित कोशी अस्पताल परिषरमा लेटाङ–५ स्थित शिक्षा बिकास माध्यमिक बिधालयमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवान उर्मिला श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले नेपाल प्रहरी संगठनको झण्डा ओढाएर पुष्प गुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै प्रहरीको बैण्डसहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।