बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा रहेको श्रीकृष्ण टोल र पाथीभरा सिने प्लाजा टोल जोडने गरी अदुवा खोलामा पुल निर्माण हुने भएको छ । 

वारी पारी गर्न समस्या भोग्दै आएका यस क्षेत्रका स्थानियका लागि फलामे पुल निर्माण गर्न लागिएको हो । पुलको सोमबार संविधानसभा सदस्य मनकुमार गौतम,बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महातारा प्रसाई र वडा नम्बर १ का वडाध्यक्ष अग्नि पाण्डेले संयुक्त रुपमा धार्मीक शिलान्यास गरेका हुन् ।

१८ लाख रुपैयाँको कुल लागतमा निर्माण हुन लागेको पुलको लागि बिर्तामोड नगरपालिकाले १५ लाख रुपैयाँ र बाँकी उपभोक्ता समितिले व्यहोर्ने जनाइएको छ । ४ पाङ्ग्रे साना सवारी गुड्न मिल्नेगरी निर्माण हुने उक्त पुलको लम्बाई करीब ४० फुट रहने छ । पुल ३० दिन भित्रमा निर्माण सम्पन्न गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष विनोद शाहले जानकारी दिए ।