मेचीनगर । 

नयाँ पुस्ताका पत्रकारलाई खोज पत्रकारिताको अभ्यासमा महत्वपूर्ण सहयोग पुगेको प्रशिक्षणका सहभागीले बताएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा मेचीनगरस्थित धुलाबारीमा सञ्चालित स्थानीय सरकारका सवालमा दुईदिने खोज पत्रकारिता प्रशिक्षणका सहभागीले त्यस्तो बताएका हुन् । 

तालिम लिइरहदा अहिलेको पत्रकारिता हतारो र सतही रहेको आफूहरुलाई अनुभूति भएको बताउदै सहभागीले अब खोज पत्रकारिताको अभ्यास गर्ने बताए । 

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा प्रशिक्षणमा सहभागी ३५ जना सञ्चारकर्मीलाई खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले प्रशिक्षण दिएका थिए । प्रशिक्षण सञ्चालनका लागि  मेचीनगर नगरपालिकाले  सहयोग गरेको थियो ।