झापा । 

झापाको कमल गाँउपालिका–७ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–७ का २३ बर्षीय पाण्डव चौलागाई रहेका छन् ।

वि आर टि ५९७४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार चौलागाई गम्भिर घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको हो भने मोटरसाईकल चालक खडका सामान्य घाईते भएकोमा दमक रिसर्च सेन्टर दमकमा उपचारपछि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर घटनाका बिषयमा  थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।