बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका ८ स्थित गरामनीमा ब्यक्तित्व बिकास तथा माईन्यूट लेखन तालिम शुरु भएको छ। वडा भित्र रहेका १५ वटा टोल बिकास समितिका एक÷एक महिला पुरुष र जनप्रतिनिधिले तालिमा सहभागीता रहेको छ ।

ग्रिन मिडियाको आयोजना तथा समय संजाल मिडियाको समन्वय र बिर्तामोड नगरपालिकाको सहयोगमा ४५ जना महिला तथा पुरुषको सहभागी रहेको कार्यक्रम संयोजक बिष्णुप्रसाद भट्टराईले जानकारी दिए । 

कार्यक्रमको उद्घाटन नगर उप–प्रमुख  पवित्रा महतरा प्रसाईले गरेकी थिइन् । उनले  बिकासको मतलब  भौतिक संरचना निर्माण मात्र नभइ समाज रुपान्तरणका लागि सवैलाई  यस्ता कार्यक्रममा सहभागी गराइ बालबालिका देखि बृद्धसम्ममा ब्यक्तित्व बिकास गराउन सरकारले कार्यक्रम गर्नुपर्ने बताइन् । 

संयोजक भट्टराईको अध्यक्षतामा भएको  कार्यक्रममा पत्रकार गोपाल काफ्ले, एमाले नगर कमिटी अध्यक्ष सुवास भट्टराई, सचिव शेखर कडेल, बुद्धि भट्टराई, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । युवराज गौतमले सञ्चालन गरेको तालिमको सहजीकरण सञ्चारकर्मी सरोज पौडेलले गरिरहेका छन् ।