झापा ।
बहुबिवाह मुद्दामा फरार रहेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको मिति २०७५ कार्तिक २९ गतेको फैसला अनुसार बहुबिबाह मुद्दा शिर्षकमा फरार रहेका अर्जुनधारा –३ हाल बिर्तामोड–५ का २९ बर्षिय राजु श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई एकबर्ष २५ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको तथा हाल जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।