झापा । 

बैङ्किङ कसुर मुद्दा शिर्षकमा फरार एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ का ४२ बर्षिय नरप्रसाद पनेरु रहेका छन् । फैसला कार्यन्वयनको लागि खटिएको जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पनेरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उच्च अदालत पाटनको मिति २०७७ माघ २० गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दा शिर्षकमा फरार रहेका उनलाई  जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

उनलाई २ बर्ष कैद र ३ लाख ८७ हजार जरिवाना र तोकिएको प्रहरीले जनाएको छ ।