सुनसरी ।
गत चैत्र ४ गते सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बराहक्षेत्र नगरपालिका–६ का १८ बर्षीय प्रेमकुमार पाण्डे मृत फेला परेका छन् ।
चैत्र ४ गते दिउँसो साँढे ३ बजे नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली खोजतलासको लागि गएको थियो ।
प्रहरी टोली तथा स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो साँढे २ बजे डुबेर बेपत्ता भएको स्थान भन्दा करिव ६ किलोमिटर दक्षिणमा मृत अवस्थामा शव फेला पारेको हो । मृत फेला परेसँगै शव परिक्षणको लागी अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।