बिराटनगर । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले मुख तथा दाँत सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बिश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एशोसियशन मोरङ शाखाको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

आइतावार (आज) १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा  एक दिने स्वास्थ्य शिविरमा १ सय १६ जना प्रहरी कर्मचारीहरु लाभान्वित भएका छन् ।

शिविरमा उपस्थित प्रहरी कर्मचारीहरुलाई मुख तथा दाँतलाई कसरी स्वस्थ्य राख्ने भन्ने सम्बन्धमा डा.मिरा आचार्यले जानकारी गराएकी थिइन् ।