संखुवासभा । 

 संखुवासभाको चैनपुर–११ गहते स्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

शनिबार दिउसो १२ बजे चैनपुरबाट खाँदबारीतर्फ आउदै गरेको को २ त ४२९४  नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी ७ मिटर तल झरी दुर्घटना हुँदा चालक संखुवासभा चैनपुर–३ पोखरीका २४ बर्षीय बिनाहाँङ लिम्बु र ट्याक्टर मालिक सोही स्थानका हेमन्त राई घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि अस्पताल पठाईएको थियो ।

घाइते मध्ये राईको  मृत्यु भएको हो । घटनाका बिषयमा  थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।