झापा । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन महासंघको भेलाले आगामी बैशाख ३ गते गौरीशंकर स्मृति प्रतिष्ठानमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । 

झापाको दोमुखा पर्यटकीय क्षेत्रमा शनिवार (आज) बसेको संगठनको बैठक उक्त निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र झापाका सह–इन्चार्ज पुरुषोत्तम चुडाल (राजु) प्रमुख आतिथ्यमा भएको  कार्यक्रममा महासंघका केन्द्रिय सचिवालय सदश्य रेवती ढुंगाना, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका प्रदेश अध्यक्ष रूद्र सुवेदी र उपाध्यक्ष तेजबहादुर आचार्यको आतिथ्य रहेको थियो । 

बैठक महासंघ प्रदेश सदश्य एवम् नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती झापाका अध्यक्ष यदुनन्दन दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम न्यौपानेले गरेका थिए ।