• चन्द्र बस्नेत 

कनकाई । 

सुरुङगा जेसीजले यो वर्ष होली मिलन कार्यक्रमको मनाएको छ । गएको वर्ष कोरोनाका कारण नखेलिएको होली  पर्व यो वर्ष भने आज (शुक्रबार) तराईमा मनाईने होली पर्व दिनको अवसर पारेर स्वास्थ्य मापदण्ड पालना गर्दै होली पर्व मनाईएको सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेले जानकारी दिइन् । आज शुक्रबार बिहान  १० बजे कनकाई – ३ सुरुङ्गा चोक स्थित पुर्व बस स्टेन उत्तर होटल डिलाईटको प्रागणमा कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको सास्कृतिक सयोजक  एवम कार्यक्रम कि संयोजक  सारिका गिरीले  जानकारी दिइन्। 

वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको आस्था  वाचन कार्यक्रम कि संयोजक सारिका गिरीले गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि कनकाई नगर उपप्रमुख मन्जु प्रसाईंलेले होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहेपनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएकाले त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न सबैलाई आग्रह गरिन् । 

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख प्रसाईंलेले यस्ता सामाजिक संघ÷संस्थाका कारण पछिल्लो समय महिलाहरूलाई अगाडी बढन मद्दतपुग्ने गरेको बताइन् । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो ।

कार्यक्रममा रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाईएको थियो । असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइने गरिन्छ । होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ । हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ ।

कार्यक्रममा कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेम ओली, रोटरी क्लब अफ कनकाई सुरुङ्गा का अध्यक्ष सुशील कुमार श्रेष्ठ , निवर्तमान अध्यक्ष यदुका ओलि  उप्रेती, सुरुंगा जेसीजका पुर्व अध्यक्षहरु  शिव कुमार कडेल, कमलप्रसाद  कटेल, राजकुमार कटेल लगाएतको उपस्थिति रहेकोे सुरुङगा जेसीज वर्ष २०२२ का उपाध्यक्ष रोहित कोईरालाले जानकारी दिए।  

सुरुङगा जेसीजले आगामी दिनमा पनि सामाजिक कामलाई तिब्रता दिने योजनाका साथ कामलाई अघि बढाएको अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।

गएको वर्ष कोरोनाले विश्व नै आक्रान्त भएपछि यस्ता भिडभाड जन्य कार्यक्रम माथि सरकारले बन्द नै गरेको थियोे । तर यो वर्ष भने कोरोना महामारी कम भएसँगै  सरकारले पनि सबै छेत्रमा प्रतिबन्ध फुकुवा गरे पछि स्वास्थ्य मापदण्डको पालना गर्दै पर्व मनाईएको अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।