झापा ।

 झापाको भद्रपुर नगरपालिका वडा नं.३ बाट दुईजना भारतीय नागरिकलाई  लागू औषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

भद्रपुर–३ स्थित नेपाल–भारत सिमा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किसनगञ्ज भादगांउ पंचायत–१२ निमुगढीका २७ का फोगडा किस्कु र सोही स्थानकी २९ बर्षिया रिता मरण्डीलाई प्रहरीले पक्राउ गरेको हो ।

शसस्त्र प्रहरी बल  नेपाल बोर्डर आउट पोष्ट महेशपुरको शसस्त्र प्रहरी टोलीले चेकजाँच  गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट लुपीजेसिक १९२ एम्पुल, फेनारगन १३२ एम्पुल लागूऔषध फेला परेको थियो ।

जिल्ल प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।