इलाम।
इलामको माई नगरपालिका–१ स्थित तेह्र कुने सिमसार पोखरीमा डुवेर वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय तेजबहादुर राईको ११ बर्षीय छोरा बर्धन राई रहेका छन्।
हिजो दिउँसो साढे ११ बजे राई साथीहरुसँग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबेर बेपत्ता भएका थिए । डुवेर बेपत्ता भएका राईको पोखरीमा खोज तलास गर्ने क्रममा प्रहरी चौकी दानवारीको प्रहरी टोलीले पानीमा डुबेरको अवस्थामा मृत फेला पारेको हो ।
घटना बिषयमा जिल्ला प्रहरी कार्यालय इलामले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।