झापा ।
मानव बेचबिखन तथा ओसार पसार मुद्दामा फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सर्बोच्च अदालतको गत २०७४ असार २८ गतेको फैसला अनुसार मानव बेचबिखन तथा ओसार पसार मुद्दा शिर्षकमा फरार रहेका जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कमल गाउँपालिका–४ का ४४ बर्षिय सिता केरुङ सम्बाहाम्फे, सोही स्थानका ५० बर्षिय ईन्द्र सम्बाहाम्फे र ४३ बर्षिय हंशराज केरुङ रहेका छन् । उनीहरुलाई गत चैत्र २ गते पक्राउ गरी झापा जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरु तीनै जनालाई सात बर्ष ६ मिहना कैद र एकलाख रुपैयाँ जरिवाना र पिडीतलाई जनही ५० हजार रुपैयाँ क्षतिपुर्ति भराउनु पर्ने प्रहरीले जनाएको छ ।