बिर्तामोड ।

पत्रकार गोपाल काफ्लेले  जन्मदिनको दिन आज प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद १० हजार एकसय रुपैयाँ सहयोग गरेका छन् । 

साझामञ्च डटकमका सम्पादक समेत रहेका काफ्लेले  बिर्तामोडस्थित कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै पत्रकार उपचार सहयोग कोषलाई सो रकम हस्तान्तरण गरेका हुन् । उनले पत्रकारको उपचार सहयोगका लागि प्रेस चौतारीले स्थापना गरेको कोषलाई सहयोग गरेका हुन् ।

कोषका संयोजक सन्तोष आचार्यलाई नेकपा एमाले झापाका जिल्ला कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख समेत रहेका काफ्लेले १० हजार १०० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

प्रेस चौतारी नेपाल झापाको उपचार सहयोग कोषका परिकल्पनाकार समेत रहेका काफ्ले संगठनका निवर्तमान केन्द्रीय सदस्य हुन् । उनको अध्यक्षीयकालमा कोषको स्थापना भएको थियो । चालु आर्थिक वर्षभित्र कोषमा १० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको कोषका संयोजक आचार्यले बताए ।

उनले कोषलाई सहयोग गर्न सबै पत्रकारलाई आव्हान समेत गरेका छन् । चेक ग्रहण गर्दै संयोजक आचार्यले स्वास्थ्योपचारमा प्रेस चौतारीका सदस्यलाई पैसाको अभावका कारण समस्या आउन नदिने बताएका छन् ।  

चेक हस्तान्तरण कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष प्रदीप परियार, प्रदेश कमिटी सदस्य रमेश तिवारी, सचिव प्रकाश पौडेल, सहसचिव तिलक योञ्जन लगायतको उपस्थिति रहेको थियो ।