सुनसरी । 

सुनसरीको नगरपालिका–५ सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट तीन नाल भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बराहक्षेत्र–५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र–३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन् । 

बिशेष सुचनाको आधारमा प्रहरी चौकी भरोलको प्रहरी टोलीले सामुदायिक वनमा शिकार खेल्न बसीरहेका माझी र श्रेष्ठलाई लोड भएको ३ नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।

भरुवा बन्दुकसहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।