सुनसरी ।
महाराजगञ्ज काठमाडौंको स्वामित्वमा रहेको आसरा सुधार केन्द्र धरान पानवारी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको स्वामित्व हस्तारण भएको छ ।
केन्द्र पानवारी धरानको चौथो बार्षीकोत्सवका अवसरमा मंगलबार (आज) सम्पुर्ण जिम्वेवारी रहने गरी हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले चौथो बार्षीकोत्सव उद्घाटन गरेकी थिइन् ।
सोही कार्यक्रमका बिच प्रमुख अतिथि थापाले केन्द्रका कर्मचारी तथा बिभिन्न खेलकुद बिधामा प्रथम भएका उपचाररत सदस्यहरुलाई प्रशंसा पत्रले सम्मान गरेकी थिइन् ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, १ नं.प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रनामनि अरुणकुमार बिसी, पुर्व प्रहरी नायव महानिरीक्षक ज्ञान बिक्रम साह, आसरा सुधार केन्द्र धरानका सञ्चालन समितिका सदस्यले शुभकामना मन्तब्य राखेका थिए ।
आसरा सुधार केन्द्रका अध्यक्ष प्रहरी बरिष्ठ उपरिक्षक बिकाशराज खनालको अध्यक्षतामा सम्पन्न चौथो बार्षिकोत्सवको अवसरमा प्रउपचाररत सदस्यहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, संचालक समितीका पदाधिकारीहरु, केन्द्रका आजिवन सदस्यहरु, स्थानिय जनप्रतिनीधीहरु, सुरक्षा निकायका पदाधिकारीहरु र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।