धनकुटा ।
धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मृत फेला परेकी महिला धनकुटा नगरपालिका–९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेकी छन् ।
लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रम देखि बेपत्ता भएकी थिइन् । वेपत्ता भएकी उनको प्रहरी चौकी मुलघाटको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा मंगलबार (आज) बिहान सवा ९ बजे नदी किनारमा मृत अवस्थामा फेला पारेको हो ।
मृतको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।