झापा ।
झापाको कमल गाउँपालिका वडा नं.–५ सितापुरि स्थित राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ ख ८८३६ नं. को बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री ईलाम सुर्योदय नगरपालिकावडा नं.१ सिर्जना टोलका अम्बर राईका छोरा ३९ बर्षिय कमल राई रहेका छन् ।
सोमवार बसले ठक्कर दिई घाईते भएका राईको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको हो । ठक्करपछि उपचारका लागि अस्पताल लगिएका राईको डाक्टरले बाटो मै मृत भइसकेको घोषणा गरेका थिए ।
ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले घटनास्थल तथा कानुनि प्रकृया पुरा बस र बसचालक रुपन्देही बुटवल नगरपालिका वडा नं.९ का ५२ बर्षिय पुर्णबहादुर पौडेललाई ईलाका प्रहरी कार्यालय दमकले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।