मोरङ । 

मोरङको बिराटनगर महानगरपालिका–१५ बाट लागूऔषध ब्राउन सुगरसहित तीन् जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका–९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका–१५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका–५ रामेछापका ३४ बर्षीय कृष्णबहादुर मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानीको मोवायल गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद रुपैयाँ एक लाख ५ हजार बरामद गरेको हो ।

पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।