बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले विभिन्न वडाका ९ जना मौरी पालक कृषकलाई मौरी, घार र प्राविधिक सामाग्री वितरण गरेको छ । बिर्तामोड १० मा आयोजित व्यवसायिक मौरी विकास तालिमको समापन कार्यक्रमका विच नगर उपप्रमुख पवित्रा महातारा प्रसाईले सहभागीहरुलाई प्रमाणपत्रसहित आधार चाका, धुवादानी, टोपी, व्रस, महदानीलगायतका सामाग्रीसहित मौरीका घार हस्तान्तरण गरेकी हुन् ।
नगरपालिकाको ७० प्रतिशन अनुदान र कृषकको ३० प्रतिशत लगानिमा मौरीसहितको घार वितरण गरिएको नगरको कृषिशाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।
बिर्तामोड नगरपालिकाको सहयोगमा मौरी श्रोतकेन्द्र स्थापना केन्द्र निर्माणका लागि निरम कृषि फर्मले ३ दिने तालिमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख प्रसाईले मौरीपालनमा थप व्यवसायीक बन्न र उत्पादन बढाउन सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गरे । तालिममा सिताराम ढकालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा कृषि शाखाका प्रमुख राजेन्द्र कडरिया, प्राविधिक सुजित शाहलगायतको उपस्थिति रहेको थियो ।