बिर्तामोड ।
विर्तामोड नगरपालिका वडा नम्बर ४मा रहेको सनातन धर्म सेवा समितिको ३८ औँ वार्षिकोत्सव तथा सम्मान समारोह आइतबार सम्पन्न भएको छ ।
समितिको कार्यालयमा बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । सम्मानित हुनेहरुमा बिर्तामोड ४ का भवनदाता, समाजसेवी गणेशप्रसाद खनाल र बिर्तामोड ३ का अमृतबहादुर बुढाथोकी रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शिवाकोटीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख शिवाकोटी,डा.रुपक खनाल, नैनकला भट्टराई, जयनारायण ढुङ्गाना, शिरुसान्दाई खतिवडा, देवीभक्त श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा गंगाप्रसाद भट्टराईले स्वागत, विष्णुप्रसाद बाँस्तोलाले ओमकार उच्चारण, लक्ष्मीप्रसाद खनालले इश्वर प्रार्थना, हस्त परियारले राष्ट्रगान र हरिहर गुरुकुल बिर्तामोड ६ बुटाबारीका बटुकहरुले स्वस्ति वाचन गरेका थिए । कार्यक्रममा डा.पुण्यप्रसाद सिग्देल, चन्द्रलाल गिरी, सोमनाथ गौतम, प्रेमप्रकाश फलाहारी, गोपिकृष्ण प्रसाई लगायतको उपस्थिति रहेको थियो । पण्डित सोमनाथ सुवेदीको अध्यक्षता रहेको कार्यक्रमलाई सचिव लक्ष्मीप्रसाद दंगालले सञ्चालन गरेका थिए ।