सुनसरी । 

सुनसरीको ईनरुवा नगरपालिका–४ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ  गरेको छ ।

लागूऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरको प्रहरी टोलीले कोशी गाउँपालिका–८ का २२ बर्षीय मिथुनकुमार यादव र १९ बर्षीय प्रमोदकुमार सरदारलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ९६ ग्राम लागूऔषध ब्राउनसुगर तथा लागूऔषध ओसार पसारमा प्रयोग गरिएको BR-38-S-0623 भारतीय नम्वरको मोटरसाईकल समेत बरामद गरेको छ । घटनामा विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।