विर्तामोड  । 

नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषमा विर्तामोडका सि.के.गिरिराजकुमारी प्रसाईका परिवारले ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

आफ्नी स्वर्गीय आमा गिरिराजकुमारी प्रसाईंको बार्षिक पुण्यतिथिको अवसर पारेर छोरा–बुहारी विवेककेशरी–संगिता प्रसाई छोरीहरु रमिता प्रसाईं, नम्रता विष्ट, नातीहरु आयुष्मान, अनुदान र अपेक्षा प्रसाई एवं बहिनी रोशन कार्कीलगायतले उक्त रकम हस्तान्तरण गगरेका हुन् । 

नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, केन्द्रीय पार्सदहरु यज्ञप्रसाद पाठक, लक्ष्मी लुइटेल, रेजिना गौतम,  सचिव डिल्लीराम घोर्सांई, सहसचिव स्वस्तिका आचार्यलाई प्रसाई निवासमै उक्त रकम हस्तान्तरण गरेका हुन् ।