झापा ।
झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका १२ का ४५ बर्षीय कुमार राजबंशी र झापा अर्जुनधारा नगरपालिका ४ भाङबारी का ३६ बर्षीय रेसबहादुर सार्की रहेका छन् ।
हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले मेची पुल छेउबाट कुमार राजबंशीलाई ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो भने अस्थाई प्रहरी चौकी खुदुनाबारीको प्रहरी टोलीले रेसबहादुर सार्कीलाई घरमै ब्राउन सुगर २ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।