मोरङ ।
मोरङको रंगेली नगरपालिका–२ मंगलबारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु र एक जना घाईते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार विराटनगर महानगरपालिका –५ का ४१ बर्षीय बलराम बर्तोला रहेका छन् भने चालक विराटनगरकै १६ बर्षीय कमल भन्ने कुनाल बर्तौला घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्रदेश न.०१–०४–००१ प ७१६४ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।
उक्त दुर्घटनावाट घाईते भएका बलरामको उपचारको लागि कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने घाईते कुनालको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।