बिर्तामोड । 

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले अक्षयकोषका लागि दशनामी बन्धुहरुसँग रकम संकलन शुरु गरेको छ । 

समाजको बिर्तामोड नगरमा रहेका बन्धुहरुलाई एकताबद्ध गराउने र मर्दापर्दा सकेको सहयोग गर्ने उदेश्यले  स्थापना हुन लागेको अक्षयकोषका लागि घोषणा रकम संकलन शुरु गरेको हो । 

अक्षयकोषका लागि घोषणा रकम घोषणा गर्ने बन्धुहरुबाट रकम संकलनका लागि नगर समितिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद गिरीको संयोजकत्वमा कोषाध्यक्ष खड्गराज गिरी, खेमराज गिरी र श्याम गिरी सदस्य रहेको आर्थिक संकलन समिति निर्माण गरिएको थियो । उक्त समितिलाई रकम संकलनका लागि जिम्मेवारी दिइएको हो । समितिले कम्तिमा १० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ । 

नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा शनिवार बुट्टाबारीस्थित नेपाल दशनामी समाज झापाको भवनमा बसेको बैठकमा समाजका प्रदेश नं. १ सदस्य, झापा कोषाध्यक्ष तथा नगर सल्लहकार बालकृष्ण गिरीको प्रमुख आतिथ्य रहेको थियो ।

त्यस्तै प्रत्येक तीन महिनामा नगर समितिको वैठक बस्ने तथा आवश्यक खण्डमा कुनैपनि समय नगर समितिले वैठक बोलाउने निर्णय समेत भएको छ । कार्यक्रमको सञ्चालन नगर सचिव उद्धव पुरीले गरेका थिए ।