बिर्तामोड ।
झापा बिर्तामोडका एक समाजसेवीले बृद्ध भत्ताको रकमबाट सन्थाल परिवारलाई झुल वितरण गरेका छन् । बिर्तामोड–७ का ८६ बर्षिय डिल्लीराम भट्टराईले स्थानीय ६० सन्थाल परिवारलाई झुल वितरण गरेका हुन् ।
गर्मी मौसम बढेसँगै लामखुट्टेको टोकाइबाट सन्थाल समुदायमा विरामी परेपछि बृद्ध भत्ताको रकमबाट समाजसेवी भट्टराईले झुल वितरण गर्न लागेका उनका छोरा नविन भट्टराईले बताए ।
राप्रपा झापाका प्रवत्ता सन्तोष पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राप्रपा बिर्तामोड अध्यक्ष रञ्जु प्याकुरेल, नविन भट्टराई, मेघराज पौड्याललगायतले शुभकामना मन्तव्य राखेका थिए । डिल्लीराम भट्टरईले स्वागत गरेको कार्यक्रमलाई सरोज न्यौपानेले सञ्चालन गरेका थिए ।