- रन्जित परियार
झापा ।
नेपाल दलित सघ प्रदेश न १ को प्रथम अधिवेशनबाट प्रदेश सभापतिमा गोबिन्द बिक दर्नाल बिजय भएका छन् ।धरानमा सम्पन्न प्रथम अधिवेशनले अन्य पदाधिकारीहरु सर्बसहमतबाट चयन भएका हो ।
महिला उपाध्यक्ष सुन्तली परियार र पुरुष उपाध्यक्षमा रबिन्द्र नेपाली र मिश्रिलाल पासवान चयन भएका छन् भने सचिवमा जीवन नेपाली र अम्मर बराइली सह–सचिवमा सन्तोषकुमार सार्की र कोषाध्यक्षमा देबिचन्द्र पोर्तेल चयन भएका छन् ।
त्यसैगरी सदस्यमा कुमार तोलाङ्गी, प्रेम शकर, चक्रबहादुर नेपाली, बिनोद परियार, कमल परियार, जबरबहादुर बिक, बिजय आछामे, ओम प्रकाश बाल्मिकी, नेपध्वज गदाइली रहेका छन् ।
संयोजक रामकृष्ण लकान्द्रीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय अध्यक्ष मीन बिश्वकर्माको को प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस प्रदेश १ सभापति उद्वव थापा, नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य सुजाता परियारको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण केन्द्रिय सदस्य धर्म नेपालीले गरेका थिए ।