बिर्तामोड ।  

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) झापाको सातौ जिल्ला अधिबेशनले सिरतलाल राजबंशीको अध्यक्षतामा नयाँ  कार्यसमिती चयन गरेको छ ।

सर्बसम्मत रुपमा गठित समितिको उपाध्यक्षमा केदार राजबंशी, महिला उपाध्यक्षमा कबिता राई  सचिबमा सन्जय शेख, सहसचिबमा प्रभुलाल राजबंशी र कोषाध्यक्षमा नितानन्द राजबंशी चयन भएका छन् ।

समितिका सदस्यहरुमा  रामलाल राजबंशी, रुद्रबहादुर निरौला, बिपिन राजबंशी, मानिक राजबंशी, एलिना खड्का, राम राई र रन्जित राजबंशी  रहेको निर्वाचन अधिकृत जयकुमार दाहालले जानकारी दिए ।