झापा ।
इलामबाट झापातर्फ आउँदै गरेको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यूको बोराले छोपी विभिन्न किसिमको अवैध औषधीहरु ल्याउदै अवस्थामा प्रहरीले गाडीसहित चालकलाई पक्राउ गरेको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नं.४ मा इलाका प्रहरी कार्यालय बुधबारको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा मे १ च ६८३३ नम्बरको पिकअप गाडीसहित ईलाम सुर्योदय–३ का ३० बर्षिय सईन्द्र राई समेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेको सामान र राईलाई इलाका प्रहरी कार्यालय धुलाबारी राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको औषधीको मुल्य ६९ लाख ७७ हजार ९४४ रुपैयाँ र पिकअप गाडीको मुल्य ८ लाख रुपैयाँ गरी जम्मा ७७ लाख ७७ हजार ९४४ रुपैयाँ रहेको प्रहरीले जनाउँदै थप अनुसन्धानकोलागि औषधी ब्यावस्था बिभाग शाखा कार्यालय कन्चनबारी बिराटनगर मोरङ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अवैध औषधि यस्ता छन् :
1.Tramadol hydrochloride capsules 50mg ४८७९० पत्ता
2.ZEEGOLD women soft Gelatin capsules १५०पत्ता
3.ZEEGOLD strong soft Gelatin capsules १५०पत्ता
4.ZINCOCET २०० पत्ता
5.KT5Derm ७०० पत्ता
6.Gulfadryl ४५६ वोतल
7.ZENEGRA RED100 ८८४० पत्ता
8.Labdic Relief २०० पत्ता
9.ITRACONAZOLE capsules 200mg isro200 ५९० पत्ता
10. InsTAZIN १८०० पत्ता
11. PARABOOST650mg १६००