बिर्तामोड ।

 झापाको बिर्तामोडमा रहेको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले आफ्नो १० औं स्थापना दिवस मनाएको छ । प्रहरीसँगको साझेदारी र समुदायसँगको हातेमालोमा अगाडि बढ्ने उदेश्यका साथ सामुदायिक प्रहरी सेवा केन्द्र सञ्चालनमा रहेका छन् । 

पछिल्लो समय युवा पुस्ता लागू औषध जस्ता दुब्र्यसनी र कुलतमा फस्दै गएपछि उनीहरुलाई सकारात्मक काममा उत्प्रेरित गर्दै समाजलाई अपराध मुक्त बनाउने उदेश्यका साथ झापामा सामुदायिक प्रहरी सेवा केन्द्र सञ्चालनमा रहेका छन् । 

बिर्तामोड–४ मा रहेको सुन्टर सामुदायिक प्रहरी सेवा केन्द्रले आफ्नो क्षेत्रमा अपराध न्युनिकरणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र स्थापनाको १० औं बार्षिकोत्सव अवसरमा सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले बिभिन्न ब्यक्तिलाई सम्मान गरेको छ ।  सम्मानीत हुनेहरुमा धर्म शाह, राजकुमार गुप्ता, श्याम प्रसाई, किरण कपुरी र कृष्ण चापागाईलाई सम्मान गरेको छ । 

kendra

केन्द्रका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाई, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कमल कडरिया, सचिव गणेश कालिकोटे, नेकपा (एकीकृत समाजबादी) बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौला, बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, महासचिव अर्जुन मैनाली, नेकपा एमाले वडाअध्यक्ष अर्जुन खरेललगायतको उपस्थिति रहेको थियो । स्वागत केन्द्रका उपाध्यक्ष समिर चापागाईले गरेको कार्यक्रमलाई सञ्चालन सचिव लक्ष्मी गौतमले गरेको कार्यालय सचिव पुजा प्रसाईले जानकारी दिइन् ।