मेचीनगर ।
श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति झापाले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । शुक्रबारबाट शुरु भएको प्रशिक्षण कार्यक्रम शनिवार (आज) समापन हुने छ ।
बाइजुराज महिला समिति झापाकी अध्यक्ष मिरा अधिकारी ओलीका अनुसार बाइजुराज महिलाहरुलाई क्षमता अभिबृद्धि गर्ने उदेश्यले माइन्युट लेखन, उद्घोषण, लेखा, प्रतिवेदन लेखन, धार्मिक आचरण लगायतको प्रशिक्षण दिइनेछ ।
उनले प्रशिक्षमा झापाका ३४ वटा प्रारम्भिक समितिबाट सहभागि हुने बताइन् ।
झापाको धुलाबारीमा रहेको श्री कृष्ण प्रणामी मन्दिरमा शुरु भएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष मिरा अधिकारी ओलीको रहेको थियो भने उद्धघाटन नेपाल बाइजुराज केन्द्रिय समितिकी अध्यक्ष शारदा शर्माले गरेकी हुन् ।
प्रशिक्षण कार्यक्रममा श्री कृष्ण प्रणामी मन्दिर चाराआलीका अध्यक्ष देवी खनाल, धुलबारी प्रा.स.का अध्यक्ष जिवन सापकोटा, श्री कृष्ण प्रणामी युवा परिषदका केन्द्रिय सदस्य मदन अधिकारी, जिल्ला अध्यक्ष टहलदास ओलीलगायतले
धुलाबारी प्रा.स. को अध्यक्ष सरु घिमिरेले स्वागत गरेको कार्यक्रमको औचित्यमामाथि प्रकाश समितिको कोषाध्यक्ष कल्पना तिम्सिनाले गरेकी र सञ्चालन समितिको जिल्ला सचिव मेनुका सिटौला संग्रौलाले गरेकी थिइन् ।