झापा । 

झापाको मेचीनगर नगरपालिका–१२ कालिझोडाबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको गोबिन्दपुर घर भई मेचीनगर नगरपालिका–१२ मा बस्दै आएका १८ बर्षीय अबि नारायण लिम्बु रहेका छन् । लिम्बुलाई ईलाका प्रहरी कार्यालय बुधवारेको   प्रहरी टोलीले  पक्राउ गरेको हो ।

लिम्बुको साथबाट प्रहरीले २१.३८ ग्राम लागू औषध ब्राउनसुगर र एक थान डिजिटल तराजु समेत बरामद गरेको छ । लागू औषधसहित पक्राउ परेका लिम्बुको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।