मोरङ । 

मोरङको केरावारी गाँउपालिका–७ मुगुटोलबाट ठुलो परिणामको लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो ।

गाँजा बरामद भएसँगै उक्त मोटरसाईकल चालक सहिद भुमी गाँउपालिका–१ का ३१ बर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी बेलवारीले जनाएको छ ।