झापा ।
झापाको मेचीनगर नगरपालिका वडा ५ की पिपल डाँडा चौक एक महिला मृत फेला परेकी छिन् । बुधवार दिउँसो ४ बजे घरबाट घाँस काट्न जान्छु भनि हिडेकी ६८ बर्षिया अम्बिका कुँवर साँझसम्म पनि घर नआएपछि खोजतलास गर्ने क्रममा साँझ ७ः४५ बजे श्रीमान जगत कुँवरले घरदेखि २०० मिटर पश्चिम दक्षिणमा रहेको लिलाराज देबकोटाको बाझो खेतमा मृत अवस्थामा भेटिएकी हुन् ।
नकलबन्दाको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई जानकारी गराएको थियो ।
काँकडभिट्टाको प्रहरीसहितको टोलीतथा संघिय प्रहरी ईकाई धरान डग शाखाबाट ५ जनाको टोली र २ वटा कुकुरसमेत परिचालन गरिएको जनाइएको छ ।
घटनाको अनुसन्धानको क्रममा मेचीनगर–५ का २७ बर्षिय रण बहादुर बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेका तथा मृतक शवको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि स्वास्थ्य बिधिबिज्ञान प्रगोगशाला धरान सुनसरी पठाईएको प्रहरीले जनाएको छ ।