सुनसरी। 

सुनसरीका दुई फरक फरक स्थानबाट प्रहरीले अबैध औषधीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  सुनसरीको बराहक्षेत्र नगरपालिका–८ सालवन्दी–२ का २१ बर्षीय अर्जुन कार्की, सालबन्दी–६ मुनाल चोकका युगल श्रेष्ठ र सुनसरी धरान –१५ मिलन चोकका १९ बर्षीय अमन गुरुङ रहेका छन् ।

कार्की र श्रेष्ठलाई बुधबार  प्रहरी चौकी प्रकाशपुरको प्रहरी टोलीले सालबन्दी भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको प्र १–०२ ००३ ह ३६३७ नम्बरको अटो  चेक जाँच गर्ने क्रममा उक्त अटोमा लुकाएर ल्याउदै गरेको ट्रामाडोल  १७८० क्याप्सुल र स्पास्मोप्रोक्सिभोन १६  क्याप्सुल सहित पक्राउ गरेको हो भने अस्थाई प्रहरी पोष्ट श्यामचोकको प्रहरी टोलीले  गुरुङलाई ३,४०० ट्याव्लेट ट्रामाडोल र ३,४०० ट्याव्लेट स्पास्पेनसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तिनै जनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।