झापा । 

झापाको कनकाई नगरपालिका–९ स्थित राजगढ–लक्ष्मिपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ३५ बर्षीय उमेश थापा रहेका छन् । हिजो राती ७ बजे मे.१च ५२५ नम्वरको एम्वुलेन्सले ठक्कर दिँदा घाईते भएका थापालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न एम्वुलेन्स र चालक अमर राज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको द्ध ।