- उद्धव पुरी
सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले निर्वाचनताका जनता समक्ष गरेका प्रतिवद्धता अधिकांश पूरा गरेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।
नगर प्रमुख पोखरेलले निर्वाचनका समयमा जनप्रतिनिधिले जनतासामु गरेका विकास निर्माणका प्रतिवद्धता कनकाई नगरपालिकामा अधिकांश पूरा भएको समेत दावी गरेका छन् ।
नगर क्षेत्रभित्र, सडक, पुल निर्माण, पार्क निर्माण, खानेपानी तथा ढल निर्माण, धिुत प्रसारण लाइन विस्तार, बिद्यालय भवन निर्माण, स्वास्थ्यचौकी निर्माण, सामुदायिक भवन निर्माणलगायतका विकास निर्माण कार्य सम्पन्न गरिसकेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।
आर्थिक बर्ष २०७७/०७८ मा नगरले अघि सारेका बिकास निर्माणका कार्यहरु मध्ये ९७ प्रतिशत सडक कालोपत्रे गरेको छ भने ६१ प्रतिशत ग्रावेल गरेको नगरको तथ्याङ्कमा उल्लेख छ । ट्रयाक खोल्ने एकसय प्रतिशत पूरा गरेको छ ।
आ.व. २०७७/०७८ मा नगरले अघि सारेको योजना अनुसार२ वटा पार्क निर्माण, खानेपानी सुविधा थप उपलब्ध गराएका एकसय ५० परिवार एकसय प्रतिशत कार्य सम्पन्न गरेको छ भने ढल निर्माण एक किलोमिटर एकसय प्रतिशत निर्माण कार्य सम्पन्न गरेको छ । योजना अनुसार नदी नियन्त्रण २.७९ किलोमिटर, विधुत प्रशारण लाइन विस्तार १.९५ किलोमिटर, नयाँ बिद्यालय भवन निर्माण ३ वटा, स्वास्थय चौकी ३ वटा निर्माण सम्पन्न गरेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।
त्यस्तै हालसम्मको जग्गा संरक्षण आफ्नै स्वामित्वको ३ विगाह १९ कठ्ठा, सरकारी ५२ विगाह ३ धुर, सार्वजनिक ३ विगाह १६ कठ्ठा र पर्ति १८ विगाह रहेको नगरको तथ्याङ्कमा उल्लेख छ । २० वटा सामुदायिक भवन निर्माण सम्पन्न गरेको छ ।
त्यसैगरी पन्धौं आवधिक योजनाको लक्ष्यमा आधारित अनुसार आ.व. २०७७/०७८ सम्ममा कुल जम्मा नयाँ स्थानीय सडक निर्माण ट्रयाक ओपनिङ २.११ प्रतिशत, ग्राभेल ८६.२, कालोपत्रे १९.९, सडक नियमित मर्मत ३७.७, सडक स्तरोन्नती १९.५५, सडक यातायातको कुल लम्बाई ५६.१५ रहेको नगरले उपलब्ध गराएको तथ्याङ्कमा छ ।
स्थानीय सडक पुल निर्माण सम्पन्न ११ वटा, झोलुङ्गे पुल निर्माण सम्पन्न ३ वटा, स्थानीय सडकको संख्या २२६,नगरको केन्द्रबाट वडा कार्यालयसम्म सडक यातायात जोडिएका वडा ७ वटा, स्वस्थ खानेपानी सुविधा पुगेको जनसंख्या ९२.५ प्रतिशत, सरकारी, सामुदायिक र निजि बिद्यालयको संस्था २८ वटा, स्वास्थ्य संस्थाको संख्या अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी, आयुर्वेद सेवा केन्द्र, क्लिनिक, बर्थिङ सेन्टर गरी १३ वटा, विधुत सेवा ९९.१ प्रतिशतमा पुगेको नगरको तथ्याङ्कमा पुगेको छ ।
स्थानीयतहका सवै कार्यक्रमबाट एकलाख ३३ हजार ७ सय ८२ श्रमदिन रोजगारी सिर्जना भएको तथ्याङ्कले देखाएको छ ।